आइतबार, असार १२ २०७९

धमाधम युक्रेनी सेनाले आत्मसमर्पण गर्न थालेपछि विजय निकट रुस



धमाधम युक्रेनी सेनाले आत्मसमर्पण गर्न थालेपछि विजय निकट रुस

एजेन्सी । रुस युक्रेनबीच युद्ध शुरु भएको दुई महिना पुग्न लागेको छ । हजारौँ सेना, नागरिकको मृत्यु हुनुका साथै हजारौँ सैनिक तथा गैरसैनिक संरचनाहरु ध्वस्त भएका छन् । त्यसका बाबजुद अझै पनि युद्ध रोकिएको छैन ।

यही बीचमा चर्को युद्ध चलिरहेको युक्रेनको मारिउपोल शहरमा एकै दिन एक हजार बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेको छ । रुसी सेना र डोनबास क्षेत्रका मिलिसियाको घेराबन्दीमा परेपछि उनीहरुले आत्मसमर्पण गरेको रुसको चेचेन कमाण्डर रमजान कादिरोभले बताएका छन् ।

उनले टेलिग्राममा पोष्ट गरे अनुसार हजार बढी युक्रेनी सेनाले आत्मसमर्पण गर्दा करीब ३ सय जति युद्धमा घाईते रहेको र उनीहरुलाई श्वास्थ्य सुविधा उपलव्ध गराईएको बताएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend