”सानी” बोलको रोमान्टिक आधुनिक गीत सार्बजनिक भएको छ । उक्त गीतमा चर्चीत गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ ।
व्यापारलाई नै मुख्य पेसा बनाएर सांगितीक जीवनबाट केहि समय अलग भएका गीतकार तथा संगीतकार सुवास केसी यतिबेला फेरि आफनो सांगितीक कोशेली लिएर नेपाली दर्शक श्रोता माझ आएका छन् ।
यस गीतको शब्द रचना अनि संगित संगितकार केसी कै रहेको छ । संगीत संयोजन धिरज श्रेष्ठको रहेको छ । भिडियो छायांकन धिरज जंग शाहले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् ।
यस भिडियोमा अभिनेता यशराज गराज र अभिनेत्री तृप्ती नाटकरको अभिनय रहेको छ । विशेष गरी माया गर्ने जोडीका लागि बढी महत्व राख्ने यस गीतको भिडियोलाई निर्देशन स्वर्गीय आलोक नेङवाङले गरेका थीए ।
स्मरण रहोस आत्महत्या गर्नुपुर्वको नेङवाङको यो अन्तीम भिडियो निर्देशन थियो । यो गीत किरण क्रियशनको अफिसियल युटुब च्यानबाट बजारमा आएको छ ।