बागमती प्रदेश सरकार ढाल्न प्रचण्ड-माधव समुहले भित्रभित्रै तयारी थालेको छ । प्रदेशका उक्त समूह निकटका साम्सदहरुले सरकार ढाल्न हस्ताक्षर अभियान समेत थालेका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दवाव दिने उदेश्यले उक्त समुहले प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन लागेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओली माथी दवाव सिर्जना गर्ने रणनीति अनुसार प्रचण्ड-माधव समूह मुख्यमन्त्री हटाउने योजनामा लागेको श्रोतको दावी छ ।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री ओलीका विस्वासपात्र हुन् । बागमती प्रदेशमा प्रचण्ड-माधव समुहको बहुमत रहेको श्रोतले दावी गरेको छ ।