शनिबार, भाद्र ४ २०७९

राजस्थानलाई हराउदै मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो



राजस्थानलाई हराउदै मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबारको  खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।

जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

यो सँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ ।

दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका कारण दोस्रो स्थानमा छ ।

बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend