शनिबार, भाद्र ४ २०७९

पीएसजीको लगातार तेस्रा जित



पीएसजीको लगातार तेस्रा जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

पीएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । इकार्डीले खेलमा दुई गोल गर्दा दुवै गोलमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेले असिस्ट दिएका थिए ।

जितसँगै पीएसजी ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend