शनिबार, भाद्र ४ २०७९

महानिर्देशक र स्वास्थ्या सचिवको झगडा र यथार्थ



महानिर्देशक र स्वास्थ्या सचिवको झगडा र यथार्थ

बिश्व कोरोना महामारीको चपेटामा परिरहेकोले यो निकै संबेदनसिल घडीमा हामी पनि अछुतो छैन। जहाँ बिश्व भरी कोरोनाको आतंक छ भने सो विरुद्ध लड्ने हाम्रो देशको उच्चतम निकाय स्वास्थ्या मन्त्रालय र स्वास्थ्या सेवा बिभाग नै हो ।

भर्खरै केहिदिन अगाडि हाम्रो देशका स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका सचिब जस्तो पदधारण गरेका उच्चपदस्थ ब्यक्तिले स्वास्थ्या सेवा बिभागका महानिर्देशक जस्तो उच्चपदस्त ब्यक्ति माथि नै बिगत स्वास्थ्या सेवाका कर्मचारीहरुको समायोजनको बेला देखिको निहु खोजी रहेको यथार्थ कुरा लुकाउन खाजे पनि लुक्न सकिरहेको छैन।

सचिब जस्तो जिम्मेवार व्यक्तिलेले “त-त” जस्ता तुच्छ र निम्न शब्द प्रयोग गरि स्वास्थ्या मन्त्री भानुभक्त ढकाल ज्युकै अगाडि आफ्नो पद, प्रतिष्ठा र सामाजिक आचरण बिपरित प्रस्तुत हुनुले उनी कुन मानसिकता, आचरण, जिम्मेवार र कुन नैतिक धरालतलमा उभिएर जनपक्षीय कामकाज गर्न तमतयार रहेको कुरा बताई रहेका छन् ? प्रश्न उठ्नु स्वाभाबिक छ। साथै उनको गैर जिम्मेवार पन सो घटनाले आफै पुष्टि गर्दछ ।

प्राय जसो आम कर्मचारी बिच आआफ्नो सेवा र क्षेत्रगतको लडाई बिगत देखिनै हरेक सेवागत क्षेत्रमा रहेको हुन्छ। त्यसकारण स्वास्थ क्षेत्रमा पनि यो हुनु आचर्यजनक भने छैन। तर यो क्षेत्रको संबेदनसिलता हेर्ने हो भने यो झगडाले स्वास्थ्या क्षेत्रमा पार्ने असर कोरोना भन्दा झन बढी भयावह स्थिति हुन्छ। जसको ज्वलन्त उदाहरण हो पछिल्लो समयमा कोरोना पश्चात् नेपाल सरकार अन्तरगतको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयको #Delay_action_against_corona resulting corona positive 4 cases. जहा हाम्रो हामी माझ पनि कोरोना संक्रमितको संख्या बढिरहेको अवस्था छ।

जस्तो Sensitive क्षेत्रको Gravity लाई बुझ्ने नेतृत्व भएन । हिजो समायोजनको नाममा स्वास्थ्याको दरबन्दी संरचनालाई भत्काउने तत्कालीन सङ्घिय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डित मुख्यत दोषी हुन। अहिलेको महामारी सङ्ग मुकाबिला गर्न सक्ने स्वास्थ्याको संरचनालाई कटौती गरि प्रशासन भित्रको अवधारणा लाद्नुले हिजोको जिल्ला जनस्वास्थ्य कार्यालयहरु खारेजी गर्नुको परिणाम हो आजको यो कोरोना महामारीको दृश्य ।

स्वास्थ्यालाई बुझ्ने नेतृत्व (सचीव) भएको भए यो भन्दा उत्तम ब्यबस्थापन गर्न सकिने स्थिति थियो हामी सङ्ग तर हाम्रो अहिलेको स्वास्थ्याको नेतृत्व अर्थात स्वास्थ्या सचिव हुने प्राबधान स्वास्थ्या सेवा भित्र कै वा सो बिधाकै कर्मचारीले हुन पाउने ब्यबस्था अब हुनुपर्छ । यस्को विकल्प छैन ।

गैर स्वास्थ्याको नेतृत्वले स्वास्थ्याको संरचना नबुझ्ने मनुवा(स्वास्थ्या सचिब) ले जनस्वास्थ्या बिधाका बिज्ञ ब्यक्ति महेन्द्र श्रेष्ठ (स्वास्थ्या सेवा बिभागका-महानिर्देशक) माथी धावा बोल्नुले स्वास्थ्या सचिब कोईराला आफ्नो नैतिक धरातल बिर्सेर ब्यक्तिगत गालिगलौचमा तल्लीन भएको यथार्थ प्रस्ट छ ।

एउटा जिम्मेवार स्वास्थ्या सचिबले विषम परिस्थितिमा आफ्नो भुमिका बेगर ब्यक्तिगत रिसिबी साधि समबन्धित निकायहरु सङ्ग जिम्मेवार ब्यबस्थापनको भुमिका खेल्न सक्दैन भने तत्काल उहालाई समन्वय नगरेको घोर आरोपमा बर्खास्ती गरिनुपर्ने हो तर हाम्रोजस्तो राजनीतिक जग खनेर बसेका निजामती कर्मचारीहरुले आफ्नो स्वार्थ अनुकुल उपयोग गर्ने ट्रेड युनियनका आबरणमा राजनीति खोल ओढेर चोखिने प्रवृत्तिको कारण यो सम्भावना म त्यति देख्दिन ।

दुई जनाबिचको झगडा तर यस्ले पार्ने दुरगामी असरले आम जनता चेपुवामा पर्ने निश्चित छ।समयमै आम जनस्वास्थ्याकर्मी, बिज्ञहरु, कर्मचारीहरु, विभिन्न स्वास्थ्याबिधा अन्तरगतका पेशागत सङ्गठनहरु, स्वास्थ्या क्षेत्रमा कलम चलाउने पत्रकार साथीहरू, सामाजिक अभियान्ताहरु, सामाजिक सन्जाल मार्फत जनतालाई सुसुचित गर्ने आम नेपाली दाजुभाइ एबम सम्पुर्ण मित्रगणहरुलाई एकचोटि स्वास्थ्या क्षेत्रको गम्भीर्तालाई ध्यानमा राखी सम्बन्धित सरोकारवालाहरु माझ सत्यतथ्य कुरा सम्प्रेषण गरि सो बिषयगत सबाललाई विशेष रुपमा उठान गर्न अनुरोध गर्दछु।

 

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend