शनिबार, भाद्र ४ २०७९

वामपन्थीहरूको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड



वामपन्थीहरूको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन् ।

सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन् ।

उनका अनुसार पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरूसँग कुराकानी भइरहेको छ ।

उनले भने, ‘त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनु भएको छ । गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ । सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ । भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामवाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’

गठबन्धन भित्र र बाहिरका बामपन्थी दलहरु बिचमा छलफल चलिरहे पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend