शनिबार, भाद्र ४ २०७९

एक्लो नेतृत्व बारम्बार असफल भएपछी बाबुरामले गरे प्रचण्डलाई यस्तो प्रस्ताव !



एक्लो नेतृत्व बारम्बार असफल भएपछी बाबुरामले गरे प्रचण्डलाई यस्तो प्रस्ताव !

काठमाडौं ५ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।

ललितपुरस्थित एक घरमा बिहीबार बिहान प्रचण्ड र बाबुरामबीच भएको वार्तामा प्रचण्डले जसपाबाट अलग भएपछि जसपा पुगर्गठनको घोषणा गरेका भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउने प्रस्ताव गरेका हुन् ।

प्रचण्डको निजी सचिवालयले दिएको जानकारी अनुसार जवाफमा भट्टराईले यस विषयमा छलफल गर्दै जाने बताएका छन् ।

केही समयअघिसम्म कम्युनिष्ट पार्टीको नामै सुन्न नचाहने भट्टराई जसपा छाडेपछि भने परम्परागत धारको कम्युनिष्ट पार्टीबाट माथि उठ्ने सर्तमा नेकपा नाम राख्न सहमतजस्तै देखिन थालेको स्रोतको दावी छ ।

यसअघि प्रचण्ड र बाबुरामबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend