शुक्रबार, असोज १४ २०७९

बाबुरामका कारण यी ३ प्रदेश सरकार ढल्दै, एमाले सहितको नयाँ सरकार बन्न सक्ने !



बाबुरामका कारण यी ३ प्रदेश सरकार ढल्दै, एमाले सहितको नयाँ सरकार बन्न सक्ने !

काठमाण्डौ – अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै केन्द्रीय केन्द्रीय समितिको बैठक डाकेपछि जनता समाजवादी पार्टी जसपामा फुट लगभग निश्चित भएको छ । भट्टराई पक्षले मंगलबार २८ असार देखि काठमाडौँको जडिबुटी ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक राखेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले भने बुधबार र बिहीबार २९ र ३० असार पर्सामा वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

मंगलबारबाट दुई दिन चल्ने बैठकबाटै भट्टराई पक्षले जसपा पुनर्गठन गर्नसक्ने उनीनिकट नेताहरुले बताएका छन् । यसरि जसपा विभाजित  भयो भने र एउटा पक्ष नेकपा एमाले संग मिल्यो भने ३ ओटा प्रदेशमा अहिलेको सरकार ढालेर ओलीले एमाले सहितको सरकार बन्ने देखिन्छ।जसपा फुटको प्रभाव सबैभन्दा बढी गण्डकी प्रदेशमा पर्नेछ। जसपाबाट गण्डकी प्रदेशका दुवै सांसद भट्टराईको पक्षमा खुलेका छन्।

जसपाका हरिशरण आचार्य र धनमाया पोखरेल लामा गण्डकी सरकारमा मन्त्री छन्। गण्डकीका मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली छन्। उनलाई कांग्रेसको १५, माओवादी केन्द्रको ११, जसपा २ र राष्ट्रिय जनमोर्चाको २ तथा एक सांसदले मत दिएका थिए।

गण्डकी प्रदेश सभामा अहिले ५९ सांसद छन्। एमाले एक्लैको २७ सांसद छन्। जसपा भट्टराई पक्षका २ जनाले समर्थन फिर्ता लिए गण्डकी सरकार ढल्नेछ। तर, अहिले नै सरकार ढालिहाल्ने पक्षमा नभएको भट्टराई पक्षीय नेता गंगा नारायण श्रेष्ठले बताए।

‘गण्डकीको पोजिसनका बारेमा हामीसँग कसैले पनि सोधेका छैनन्,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘स्वाभाविक रुपमा हाम्रा २ जना सांसदहरुले साथ नदिए गण्डकी सरकार ढल्छ। तर, अहिले सरकार ढाल्ने, बनाउने विषयमा हामीले सोचेका छैनौँ।’

यस्तै लुम्बिनी प्रदेश सरकार पनि धरापमा छ। हुन त, जसपाका दुई जना सांसद नै उपेन्द्र यादवको पक्षमा भएकोले लुम्बिनीमा तत्काल केही भइहाल्ने सम्भावना कम रहेको उनी पक्षीय नेताहरु बताउँछन्। उता मधेश प्रदेश प्रदेशमा बाबुराम, महिन्द्र राय यादव र राजकिशोर यादवले कतिको प्रभाव पारेका छन्, त्यही आधारमा सरकारको आयु निश्चित हुन्छ। यस विषयमा भट्टराई पक्ष खुलेको छैन।

तर, यादवसँगको विवादका कारण जसपा नै विभाजन भएपछि मधेश प्रदेशमा पनि असर पर्ने नेताहरु बताउँछन्।  एक नेताले भने, ‘गण्डकी, लुम्बिनी र मधेश प्रदेशका सरकारहरु जसपाभित्रको विवादसँगै ढल्नेछ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend