शुक्रबार, असोज १४ २०७९

माओवादी संग पार्टी एकता नहुने नेपालको खुलासा, के फर्केलान त एमालेमा ?



माओवादी संग पार्टी एकता नहुने नेपालको खुलासा, के फर्केलान त एमालेमा ?

काठमाण्डौ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् ।

वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझं पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।

नेकपा माओवादी केन्द्र सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए ।एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरेको विषयमा उनले ठूलो पार्टीको हैसियतले स्वभाविक भएको जनाए । एकीकृत समाजवादीलाई अरु पार्टीले साथ दिएको दिन प्रदेश सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

गठबन्धन सरकार नभएको भए एसपीपी पास भइसक्थ्यो

अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी गरेका छन् । उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता रोक्ने रोकिएको दाबी गरेका हुन् ।

सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले विदेशी शक्तिको चलखेल बढेको बताउँदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरू आइरहेको टिप्पणी गरे ।

प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजना विशुद्ध आर्थिक परियोजना हो की रु सैन्य रणनीतिको अंग हो रु भन्ने सवाल उठेपछि एकीकृत समाजवादी पार्टीको अडानका कारण व्याख्यात्मक घोषणासहित पारित भएको उनको दाबी छ ।

पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौं’ नेपालले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको हो ।’ उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी गरे ।

विदेशी शक्तिको चलखेल अन्तरगत नै आएको एसपीपी परियोजनासमेत आफूहरुकै अडानका कारण रोकिएको जिकिर गर्दै उनले गठबन्धन सरकार भएकै कारण रोकिएको अन्यथा पारित भइसक्ने दाबी गरे ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend