शुक्रबार, असोज १४ २०७९

पार्टी फुटाउन उक्साउने भुसालले खोले माधव नेपालको पोल, संगै हुदा यस्तो रहेछ गोप्य सहमति ?



पार्टी फुटाउन उक्साउने भुसालले खोले माधव नेपालको पोल, संगै हुदा यस्तो रहेछ गोप्य सहमति ?

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ । नेता भूसालले अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।

‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ,’ भूसालले लेखेका छन् ।

चुनाव पछि यस्तो छ ओलीको समिक्षा 

नेकपा एमालेले २०७४ को स्थानीय चुनावको तुलनामा यो पटक भएको स्थानीय चुनावमा ६ लाख भन्दा बढी मत ल्याएको दावी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन ४ जारी गर्दै यस्तो दावी गरेका हुन् । ओलीले जारी गरेको अपानीमा एमालेले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ मत बढी भएको दावी गरिएको छ ।

हालै सम्पन्न सचिवालय बैठकको निर्णयसहित जारी गरेको अपानीमा अपानी १ प्रतिशत लोकप्रिय मत बढेको पनि उल्लेख छ । ‘समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एक तिहाई मत ३३ प्रतिशत हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत ३४ प्रतिशत वृद्धि गरेको छ’ अपानीमा भनिएको छ, ।

माओवादी केन्द्रको लोकप्रिय मत ९अघिल्लो पटक पाएको मत०बाट खस्किएर १२ प्रतिशतमा पुगेको एमालेको दाबी छ । त्यसैगरी एकीकृत समाजवादीले ४ प्रतिशत मत पाएको पनि एमालेको विश्लेषण छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend