शुक्रबार, असोज १४ २०७९

देउवालाई लगायो आफ्नै पार्टीले गम्भीर आरोप, सरकार ढाल्ने सम्मको यस्तो छ लिखित निष्कर्ष



देउवालाई लगायो आफ्नै पार्टीले गम्भीर आरोप, सरकार ढाल्ने सम्मको यस्तो छ लिखित निष्कर्ष

सत्तारुढ नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले बताए। कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ।

त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्ष आक्रोशित छ। स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए।

‘भोलिदेखि केन्द्रीय समिति बैठक हुँदैछ। त्यो चाहे स्थानीय तह निर्वाचन होस्, वा सरकारको समीक्षा होस्। यसले ल्याएको बजेटले पारेको असरबारे होस्, उनले भने, पार्टीलाई विधिवत तरिकाले चलाउन पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा कसरी जानेरु गठबन्धनबारे अझ बृहत्तर रुपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो। भ्रातृ संस्थादेखि विभागसम्म गठन समयमै गर्नुपर्छ भन्नेबारे पनि कुरा उठाउँछौँ।’

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ। पार्टीको भातृ संस्था र विभागहरूलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायत सहभागी थिए। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी अघि बढाएको नेता कोइराला पक्षको आरोप छ। पार्टीको विधानअनुसार विभागसमेत गठन गर्न नसकेको भन्दै उक्त पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend