
युक्रन युद्धका विषयमा पश्चिम कसरी नराम्ररी चुक्यो भन्ने विषयमा बेलायती लेखक मार्टिन ज्याक्सले उम्दा विश्लेषण प्रस्तुत गरेका छन् ।
उनका अनुसार,
महिनौंसम्म पश्चिमको प्रचारबाजी संयन्त्रले हामीलाई रुसबाट गलत आकलन भएको, उसले सैन्य अपमान सहनुपर्ने, विशाल आर्थिक संकटको सामना गर्नुपर्ने र पुटिनको पतन हुने बताएको थियो । तर समय बित्दै जाँदा विजयोन्मादी स्वर सुक्न थाले अनि समाचारको संख्या पनि घट्न थाल्यो ।
पहिला चौबीसै घन्टा जस्तो युक्रेन युद्धको कभरेज गर्ने बीबीसी पनि चुप लाग्न थाल्यो ।
वास्तवमा पश्चिमले युक्रेनका विषयमा पश्चिमले भयंकर गलत आकलन गरेको थियो र यसको निकै गहन तथा दीर्घकालीन परिणाम देखिनेछ । पश्चिम कसरी यति गलत हुन पुग्यो ? किनकि उसलाई अझै पनि संसारमा पश्चिमको प्रभुत्व कायम छ जस्तो लाग्छ । तर त्यो इतिहास हो, वर्तमान निकै फरक छ ।
अमेरिका र युरोप बाँकी विश्वसँग कति टाढिइसकेका छन् भन्ने कुरालाई यस युद्धले छर्लंग पारिदिएको छ । अधिकांश मुलुक युद्धका विषयमा पश्चिमको दृष्टिकोणलाई अपनाउँदैनन् । भारतले पश्चिमको कुरा मान्न अस्वीकार गरेको छ । आसियान मुलुक र चीनले पनि त्यसै गरेका छन् ।
विगत ४० वर्षमा विकासशील विश्वको उदयले संसारमा परिवर्तन ल्याएको छ । संसार अब स्वतन्त्र सोच राख्न थालेको छ र चीनतर्फ आकर्षित हुन थालेको छ । पश्चिमको आवाज अब महत्त्वहीन हुन थालेको छ । तर पश्चिमका दक्षिणपन्थी र वामपन्थीहरू यो कुरा पत्याउन सकिरहेका छैनन् ।
रुसले यो युद्ध हार्दैन । तर युक्रेनले पक्का हार्छ । पश्चिमले युक्रेनलाई भड्कायो । अब सबभन्दा कम क्षति भनेको युक्रेन टुक्रिने काम हो । इराक, अफगानिस्तान र सन् २००८ को आर्थिक संकट पश्चिमी पतनको ऐतिहासिक घटनाक्रम हुन् र युक्रेनमा पश्चिमको पराजय पनि त्यसमा जोडिन पुगेको छ ।
युरोपको अर्थतन्त्र अब साँघुरिनेछ । त्यहाँको जीवनस्तरमा तीव्र पतन देखिनेछ । त्यहाँ विभाजनका रेखा कोरिनेछन् । त्यहाँका सरकारहरू ढल्नेछन् । युरोप महादेशमा निकै अँध्यारो समय आउँदैछ । विश्वमा युरोप सीमान्तीकृत हुँदै गइरहेको छ र युक्रेन संकटले त्यसलाई तीव्रता दिनेछ । आन्ध्र केन्द्रीय सोचको ठूलो मूल्य युरोपले चुकाउनुपर्नेछ ।
हो, कुनै समयमा पश्चिमको प्रभुत्व कायम थियो तर अहिले पनि त्यही पुरानो सोचको बन्दी बनेर पश्चिमले परिवर्तित विश्वलाई चिन्नै सकेन । पश्चिम विगतलाई हेर्दैछ भने भविष्यतर्फ ढाड फर्काउँदैछ । समयको पदचापलाई उसले चिन्न सकेको छैन । र प्रत्येक गलत आकलनले उसको पतनलाई थप तीव्रता दिनेछ ।