शनिबार, भाद्र ४ २०७९

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौंमा



नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौंमा

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव आज काठमाडौं आएका छन् । कूटनीतिमा लामो अनुभव भएका श्रीवास्तव करियर कूटनीतिज्ञ रुपमा चर्चित छन् ।

काठमाडौं आउनु अघि उनले नयाँ दिल्लीमा चीन, जापान , कोरिया, मङ्गोलिय मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा समेत कार्यरत थिए। उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेको अनुभव उनीसँग छ ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका थिए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend