आइतबार, असार १२ २०७९

माओवादी देशको पहिलो वामपन्थी पार्टी बन्छ : प्रचण्ड



माओवादी देशको पहिलो वामपन्थी पार्टी बन्छ : प्रचण्ड
kf]v/f, @% j}zfvM r'gfjL ;ef ;Daf]wg ub}{ cWoIf bfxfn kfFrbnLo u7aGwgsf tkm{af6 r'gfjL cfd;efnfO{ cfOtaf/ kf]v/fdf ;Daf]wg ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगामी निर्वाचनमा देशको दोस्रो ठूलो र पहिलो वामपन्थी पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । ललितपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले देशको चावी माओबादी केन्द्रको हातमा रहेको भन्दै पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

प्रचण्डले भने, ‘चावी त हाम्रो हातमा छ । कस्तो अवस्थामा छ भने ताला खोल्नलाई एउटा न एउटासँग मिल्नुपर्ने अवस्थामा छ । कांग्रेस र एमालेसँग मिल्न नपर्ने अवस्थामा पुर्‍याउन जरुरी छ । त्यो सम्भावना मैले देखेको छु । फेरि एकपटक जोडबल गरियो भने सफल भइन्छ ।’

फरक प्रसंगमा प्रचण्डले एसपीपी सैन्य सम्झौता भएको बताए । उनले भने, ‘एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षा मन्त्री भएको बेला सैद्धान्तिक सहमति भएको कुरा छ्याङगै छ । पछि त केपी ओलीले पत्र लेखेको बाहिरियो योभन्दा लज्जास्पद झुट के हुन सक्छ ? मैले प्रधानमन्त्री ज्यूलाई यो सम्झौता गर्नुभयो भने गठबन्धन दु’र्घ’टनामा जान्छ भनेको थिएँ ।’

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend