आइतबार, असार १२ २०७९

पूर्वमाओवादीहरु छिट्टै एक ठाउँमा हुने दिन आउँदैछ : प्रचण्ड



पूर्वमाओवादीहरु छिट्टै एक ठाउँमा हुने दिन आउँदैछ : प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरु छिट्टै एक ठाउँमा आउने दाबी गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरु छिट्टै एकै ठाउँमा आउने बताएका हुन्।

उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको बताउँदै परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा आउनुको विकल्प नरहेको पनि बताए। ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं।’

प्रचण्डले परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा आउने वातावरण पनि बनिरहेको पनि बताए। उनले परिवर्तनमा कर्मचारीको पनि उल्लेख्य भूमिका रहेको बताउँदै कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार रहेको बताए। ‘परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो ।’

उनले पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend