पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निणर्यलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न नसकेको भन्दै भनेका छन् , ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्यो भनेर निर्णय गरेका छौं’ ।
यही निणर्य लिएर आज पार्टी अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएका छन् ।
गगन र विश्वमाथि खनिए ओलीका खास यी मान्छे, यी दुवै कुरा फेर्नमा माहिर छन् भन्दै खोले यस्ता रहस्यहरु : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई राजनीति गर्न माहिर भएको भन्दै नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मा ट्विट गर्दै उनल यस्तो टिप्पणी गरेका हुन् ।
उनले भननेका छन् कांग्रेसका महामन्त्री साथीहरू ‘राजनीति’ गर्न माहिर हुनुहुन्छ,’ आफ्नै पार्टीको नेतृत्वको सरकार छ, अनि आफ्नै सभापतिलाई भेटेर मागपत्र पेस गर्नुहुन्छ ।
संसद्मा बहुमत भएरै सरकार बनेको होला, कानून बनाउन छाडेर निर्वाचन आयोग पुगेर प्रवासीलाई मतदानको माग गरेर नाटक देखाउनुहुन्छ ।’
महामन्त्रीद्वयले केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने भन्ने विषयमा छलफल गरेपछि रिजालको यस्तो टिप्पणी आएको हो ।