आइतबार, असार १२ २०७९

बाँकेमा तनाब – प्रहरीद्वारा हवाईफायर



बाँकेमा तनाब – प्रहरीद्वारा हवाईफायर

बाँके – पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सोक्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । आज राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गर्‍यो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend