
काठमाडौं – स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै सत्तारुढ दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्ने तयारी सुरु गरेका छन् । आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका हुन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।