आइतबार, असार १२ २०७९

‘एमालेलाई झै काँग्रेसलाई ठेगान लगाउने दिन नआओस’



‘एमालेलाई झै काँग्रेसलाई ठेगान लगाउने दिन नआओस’

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसलाई पनि नेकपा एमालेलाई झै ठेगान लगाउने दिन न आओस भनेर भनेका छन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले काँग्रेसमा अहंकार बढेको बताए ।

‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं। तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो,’ उनले भने, ‘त्यसकारण म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु। अहंकार र दम्भले कसैको पनि हित गर्दैन। जनता र राष्ट्रको त हित नै गर्दैन।’’ प्रचण्डले भने ।

‘अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ। हामीलाई अरू केहीछैन’, अध्यक्ष प्रचण्डले अगाडि भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend