आइतबार, असार १२ २०७९

मेयर बालेन शाहमाथि सिसडोलवासीको चुनौती



मेयर बालेन शाहमाथि सिसडोलवासीको चुनौती

काठमाण्डौ – स्वतन्त्रबाट पपुलर मत सहित विजयी काठमाण्डौ महानगरका मेयर बालेन शाह काठमाण्डौको फोहोर व्यवस्थापनको लागि कम्मर कसेर लागेका छन् । तर, उनको लागी राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दालाई कन्भिन्स गराउन चुनौती थपिएको छ ।

स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारीले सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन्। स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन्।

शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend