आइतबार, असार १२ २०७९

नेपाल टेलिकमको एपमा ग्राहकका लागि थप सुविधा



नेपाल टेलिकमको एपमा ग्राहकका लागि थप सुविधा

काठमाडौं – नेपाल टेलिकमले ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा ल्याएको छ । टेलिकमका अनुसार एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेको टेलिकमले जनाएको छ ।

फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाइफाइको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।

पबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न शुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नु पर्दछ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend