शुक्रबार, असोज १४ २०७९

ग्लामर अवतारमा डाक्टर इन्जिनियर



ग्लामर अवतारमा डाक्टर इन्जिनियर

काठमाडौं । मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।

उनीहरुलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । ‘यो समावेशिताले हामीलाई खुसी तुल्याएको छ । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend