आइतबार, असार १२ २०७९

‘आगामी आर्थिक वर्षको बजेट आफैँमा एउटा क्रान्तिकारी छलाङ नै हो’



‘आगामी आर्थिक वर्षको बजेट आफैँमा एउटा क्रान्तिकारी छलाङ नै हो’

काठमाडौं – नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आफैमा क्रान्तिकारी छलाङ भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिदैँ सांसद पुनले यस्तो बताएको हुन् ।

कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको भन्दै सांसद पुनले कृषिको आधुनिकिकरण, वैज्ञानिकिकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गरे ।

वर्षैभरि काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकिकरणको कार्यक्रम ,   कृषि क्षेत्रलाई वैज्ञानिकीकरण गर्ने कुरा , कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने , कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्दै त्यसको नेतृत्व, दिशानिर्देश गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहले जिम्मा लिने कुरो गरेको छ । र त्यो आफैमा एउटा नयाँ विषय आएको छ । र संरचनागत परिवर्तनको दिशा पक्रेको छ यसले । कृषिमा ३२ प्रतिशतको अहिले बजेटको वृद्धि भएको छ । यो आफैँमा एउटा क्रान्तिकारी छलाङ नै हो ।’

उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend