
काठमाडौं – सरकारले पर्यटन क्षेत्रको विकास लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट भाषणमार्फत् विभिन्न क्षेत्रको पर्यटन विस्तार र प्रवर्द्धन गर्न सो रकम विनियोजन गरेको जानकारी दिएका छन्।
उनले यस आर्थिक वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए। उनले यसै आर्थिक वर्षमा स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए।