आइतबार, असार १२ २०७९

सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न फिस्टेल हेलिकोप्टर पठाइयो !



सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न फिस्टेल हेलिकोप्टर पठाइयो !

काठमाडौं – सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

उनले तारा एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो ।
१०ः३५ सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend