आइतबार, असार १२ २०७९

धुर्मुस सुन्तलीले बिजोग बनाएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला रेणु दाहालले बनाएर देखाउने



धुर्मुस सुन्तलीले बिजोग बनाएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला रेणु दाहालले बनाएर देखाउने

चितवन – चितवनको भरतपुर महानगरपालिकामा निर्माण अलपत्र भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई भरतपुर महानगरले पुरा गर्ने भएको छ  । हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पछि हटेपछी यसको निर्माण अलपत्र भएको थियो। धुर्मुस–सुन्तलीको संस्था ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले भरतपुर महानगरपालिकालाई रंगशाला निर्माणको स्वामित्व लिन पत्र लेख्दै आफू रंगशालाको निर्माण कार्यबाट पछि हटेको बताएको थियो।

भरतपुर नगरपालिकाको मेयरको प्रत्यासी उम्मेदवार रेणु दाहालले आगामी पाँच वर्षमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण सम्पन्न गर्ने बताएकी हुन् । केहि दिन अघि एक टेलिभिजन अन्तर्वातामा आफूले जित्ने र जितेपछि अधुरो रहेका कामहरु पुरा गर्ने बताउदै रंगशालाको निर्माण समेत पुरा गर्ने बताएकी हुन् ।

हाँस्यकलाकार धुर्मुस र सुन्तलीले २०७४ चैतमा सामाजिक सञ्जालमार्फत चितवनमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। जसकालागि उनीहरुले विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउने अभियान नै चालेका थिए। लामो समयसम्म देशविदेशबाट रंगशाला निर्माणका लागि आवश्यक आर्थिक संकलन समेत भएको थियो।

१६ माघ २०७५ मा रंगशाला निर्माणको काम सुरु भएको थियो। रंगशाला निर्माणको काम सुरु भएयता पटक पटक धुर्मुस सुन्तली र उनीहरुको फाउण्डेसनले आर्थिक अभाव भएको र निर्माण सामग्री खरिददेखि निर्माण कार्यमै करोडौं ऋण लागेको बताउँदै आएका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend