आइतबार, असार १२ २०७९

पोखरा र चितवनका काँग्रेसलाई के भनेर फकाए देउवाले, मियरका आकांक्षीले पाए यस्तो अफर !



पोखरा र चितवनका काँग्रेसलाई के भनेर फकाए देउवाले, मियरका आकांक्षीले पाए यस्तो अफर !

काठमाण्डौ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की र चितवनका कांग्रेस नेतासँग छलफल गर्दै अहिले तालमेलको आवश्यकता रहेकाले जसले पाए पनि सहयोग गरेर जिताउन निर्देशन दिएका छन् । कास्की र चितवनका नेताहरूले भने सकेसम्म महानगर आफैँसँग राख्न सुझाव दिएका थिए । तर, उनीहरूले केन्द्रबाट निर्णय भए कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चितवनका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिका माओवादीलाई दिनुपर्ने अवस्था आएको र सहयोग गर्न भनेका थिए । तर, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले केन्द्रबाट निर्णय भए त्यसलाई लागू गर्ने, तर परिणाम प्रभावित हुन सक्ने बताएका थिए ।

सभापतिले काठमाडौं, भरतपुर र विराटनगरमध्ये एक ठाउँको प्रमुखको माग माओवादीले राखेको छ । यी तीनमध्ये एउटा महानगरको मेयर माओवादीलाई दिनुपर्छ । यदि भरतपुर दिनुपर्ने परिस्थिति भयो भने तपाईंले मलाई सहयोग गर्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो, खनालले भने, मैले महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णयबाट ब्याक हुन सक्ने अवस्था छैन भनेँ ।

तर, केन्द्रले गरेको निर्णय कांग्रेस चितवनले पालना गर्छ । सोचेअनुसारको निर्णय आयो भने सहज रूपमा पार लगाउन सक्छौँ । फरक निर्णय आए निर्वाचन परिणाम प्रभावित पार्न सक्छ, त्यसको पूर्ण जिम्मेवार चितवन कांग्रेस हुन सक्दैन भनेको छु । खनालका अनुसार जवाफमा देउवाले भनेका थिए,यदि माओवादीलाई भरतपुर परेको खण्डमा कांग्रेस चितवनले सहयोग गर्नुपर्छ ।

जसरी कांग्रेसको उम्मेदवार हुँदा तपाईंहरूले सहयोग गर्नुहुन्थ्यो त्यसैगरी माओवादी केन्द्रको उम्मेदवारलाई पनि सहयोग गर्नुपर्ने हुन्छ । भेटमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ रहेका थिए ।

त्यस्तै, कास्कीबाट छलफलका लागि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा आएका थिए । सभापति शर्माका अनुसार देउवाले पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । जिल्ला नेताहरूले पोखरा नछाड्न सुझावसमेत दिएका थिए । ‘तपाईंहरूका कुरा गठबन्धन बैठकमा राख्छु । उहाँहरूको अवस्था पनि बताउँछु । हाम्रो अवस्था यस्तो छ र कांग्रेसको अगुवाइमा जानुपर्छ भनेर राख्छु । छलफलबाट यसको टुंगो लाग्नेछ, देउवाको भनाइ थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend