
भारत – केजरीवालाले आफू सरकारमा हुँदा निकै चर्चा कमाउने कार्य गरेर चर्चित भएका छन् । उनीले आफू सेवासुविधा सम्पन्नमा बस्नु भन्दा पनि जनताको आवश्यकतालाई मुख्य नजर गर्दै काम गर्दै आइरहेका छन् । यही कुराले गर्दा छोटो समयमा नै केजरीवारको राजनैतिक जीवनले राम्रो गति पाएको छ ।
जनताको सेवासुविधाको मध्यनजर गर्दै भारतको उदयमान आम आदमी पार्टीले दुई प्रदेशमा ठुलो घोषणा गरेको छ । अरविन्द केजरीवालको दिल्ली सरकारले दिल्लीमा ३५ लाख रुख बिरुवा रोप्ने घोषणा गरेको छ भने भगवन्त मानको पञ्जाब सरकारले जुलाई १ देखि पञ्जाबमा प्रत्येक घरलाई ३०० युनिटसम्म निःशुल्क बिजुली दिने घोषणा गरेको छ ।
वातावरण सुधार्न देखि गरिब जनताको आर्थिक अवस्था सुधार्नसम्म एकैपटक यो घोषणा गरिएको छ । केजरीवाला पुन: फेरी राम्रो काम गरेर जनताको बीच निकै लोकप्रिय हुँदै छन् । जनताहरु केजरीवालबाट अझैँ राम्राराम्रा कामहरुको आशा गरेका छन्।
यतिबेला भारतमा वैकल्पीक पार्टीले स्थापित हुँदै छ। जनताको आशा भरोसा वैकल्पीक पार्टीले जितिरहेको छ।