आइतबार, असार १२ २०७९

नेटो र अमेरिकालाई रुसको कडा चेतावनी – अमेरिकाले नसोचेको परिणाम भोग्नुपर्ने



नेटो र अमेरिकालाई रुसको कडा चेतावनी – अमेरिकाले नसोचेको परिणाम भोग्नुपर्ने

मस्को – रुसले युक्रेनलाई आक्रमण गरेको आठौ हप्ता प्रवेश गरेको छ, यो हप्ताको सुरुवातमा नै रुसले अमेरिकालाई डिप्लोमेटिक नोट पठाएको थाहा हुन आएको छ। नोटमा अमेरिकालाई रुसले धमाकिपूर्ण भाषामा अमेरिका र नेटो सेनाले संबेदनशील हतियार युक्रेनमा पठाएमा नसोचेको परिणाम भोग्नुपर्ने उल्लेख गरेको छ ।

रुसले अमेरिकालाई आगो बलिरहेको अमेरिकि / रुस सम्बन्धमा पेट्रोल थप्ने कार्य नगर्न प्रष्ट पारेको छ । डिप्लोमेटिक नोट कतै देखिएको छैन तर, व्हाइट हाउस अधिकारीहरुले  वासिंगटन पोष्ट मार्फत यस्तै कुराहरुको पुष्टि गरेका छन् ।

अमेरिकि स्टेट डिपार्टमेन्टका प्रवक्ताले यस विषयको पुष्टि त गरेनन् तर उनले युक्रेनलाई हतियार सहयोग गर्ने कुराको स्वीकार गरे । रुसको उत्तेजित आक्रामकता र हिंसात्मक गतिविधि विरुद्द अमेरिकाले युक्रेनलाई सहयोग गर्ने भन्दै भने, “हामि के कुराको पुष्टि गर्न चाहान्छौ भने हामी र हाम्रा सहयात्री निकायबाट युक्लारेनई अरबौ डलरको हतियार सामाग्रीहरुको सहयोग गर्नेछौ ।”

मस्कोको लागि सांकेतिक धक्का
रुसी सेनाले युक्रेनको पूर्वमा ठूलो आक्रमणको तयारी गर्दा मस्कोको लागि यो सांकेतिक धक्का मान्न सकिन्छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ५० दिनको युद्धमा आफ्नो देशको संकल्पको प्रशंसा गरे तर यो स्पष्ट भएको छ कि डोनबास क्षेत्र अब “रूसको लागि मुख्य लक्ष्य” भएको छ।

दक्षिणपूर्वमा रहेको प्रमुख बन्दरगाह सहर मारिउपोलको नियन्त्रणको लागि भयंकर लडाइँ चलिरहेको बेला, रुसको रक्षा मन्त्रालयले युक्रेनी राजधानीले रुसी आक्रमणबाट पुन: प्राप्ति गर्न थालेको हप्ता पछि कीभमा मिसाइल आक्रमणहरू बढाउने वाचा गरेको थियो।

रुसको रक्षा मन्त्रालयले युद्धपोत मोस्कभा बिहीबार डुबेको स्वीकार गरेको छ, तर जहाज आगोले क्षतिग्रस्त भएको र “तूफानी समुन्द्र” अवस्थामा तानेको बेलामा तल खसेको बताएको छ। युक्रेनी अधिकारीहरूले दाबी गरे कि उनीहरूले जहाजलाई मिसाइल हमलाले हानेको थियो।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका प्रमुखले चेतावनी दिएका छन् कि अझै पनि घेरामा परेका मारिउपोलमा फसेका दशौं हजार मानिसहरू पानी, खाना, औषधि र अन्य आधारभूत आपूर्तिको पहुँचविहीन रहेकाले “भोकै मर्ने” छन्।
 

सम्बन्धित समाचार
ताजा अपडेट

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend